जाजरकोट । नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नेपाल टेलकमको टावर बन्दा गर्दा तीन जिल्लाको फोन सेवा अवरुद्ध भएको छ । जाजरकोटस्थित नलगाड नगरपालिका–८ गराइलाको टावर उनिहरुले बन्द गरेका हुन् ।
डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङक दिनका लागि यो टावर निर्माण गरिएको थियो । टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले ज्याला नदिएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए ।
हप्ता दिनदेखि टावर बन्द गरिँदा जाजरकोटको नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबीसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावर बन्द भएका छन् ।
मजदुरले रकम नपाएसम्म टावर नखोल्ने अडान लिएका कारण समस्या भएको नेपाल टेलिकम जाजरकोटले बताएको छ । झण्डै रु दुई लाख ठेकेदारले मजदुरलाई दिन बाँकी रहेको पीडितले बताएका छन् ।
करिब दुई वर्ष लगाएर निर्माण गरिएको टावर सञ्चालनमा आएको तीन महिना नबित्दै मजदुर आन्दोलित भएका थिए । टावर नहुँदा