आइतवार, आश्विन २५ गते २०८३

सर्वदलिय बैठकमा सभामुखलाई नेताहरुको यस्तो सुझाव

सोमवार , भाद्र २८, २०७८

काठमाडौं। सर्वदलिय बैठकमा सहभागी नेताहरुले सभामुख अग्नी सापकोटालाई एमालेसंग संवाद गरेर अगाडी बढ्न सुझाव दिएका छन्। एमालेको निरन्तर अवरोधपछि सभामुखले आव्हान गरेको सर्वदलिय बैठकमा नेताहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका हुन्।

सभामुख अग्निप्रसाद सापकोटाकै आव्हानमा सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बसेको हो। तर एमालेका नेताहरुले सर्वदलिय बैठक पनि बहिस्कार गरे। एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् ।

पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुखले सूचना टाँस नगरेको भन्दै २३  भदौ देखि सुरु भएको संसद् अधिवेशनमा एमालेले अवरोध गर्दै आएको छ। सोही अवरोध हटाउन सोमबार सभामुखले सर्वदलिय बैठक बोलाएका थिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार