काठमाडौं। गृह नगर झापा पुगेको नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलले फेरी माधव नेपाल र प्रचण्ड प्रति कटाक्ष गरेका छन्।
मंगलबार झापामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको तर फुटाउन मात्रै जानेको भन्दै आगामी चुनावमा नेपालले वडा सदस्य समेत जित्न नसक्ने दाबी गरे।
पुष्पकमल दाहाल प्रचण्डप्रति समेत खनिएका ओलीले उनले नेपाल र प्रचण्ड दुवैले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने बताए।
उनले आफूहरूले माधव नेपाललाई कम्युनिस्ट आन्दोलनमा जोडेको तर पुन छुट्टिएको बताए।
ओलीले माधव नेपालले पार्टी फुटाउन नसकेको भन्दै उनले एमाले नफुटेको बरु चोइटिएको भन्दै ओजन नघटेको र पिलो पुलुत्त निस्केको मात्रै बताए। ओलीले अबको चुनावमा पनि एमालेले नै जित्ने भन्दै प्रचण्डले केही दिनअघि सही कुरा प्वाक्क बोलेको बताए