काठमाडौं । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ अन्य दुई जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका– १७ का ३० वर्षीया मनिसा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार चौधरी सहित उनका नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् । घाइते दुवैको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।