शुक्रवार, कार्तिक ७ गते २०८३

टिकापुर बालक हत्या प्रकरण: चाँदीका बालाको लोभले दिदिले गरिन हत्या

हत्या आरोपमा १४ र १५ बर्षिया दुई किशोरी पक्राउ

बिहिवार , आषाढ २४, २०७८

काठमाडौं । कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय नाबालक विवेक विष्टको हत्या भएको प्रहरीले पुष्टी गरेको छ । हत्या आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ ।

उनकै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने युवतीले हत्या गरेको स्वीकारेको बताए ।

दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी प्रहरीले जनाएको छ । विवेकले लगाएको बाला ती युवतीको साथीसँग फेला परेकोले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधवार जमरा कुलोको किनारमा शव फेला परेको थियो ।

214978419_1645038715686129_8221906888910002745_n.png215991383_319259256527106_2793404150848005908_n.png

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार