सोमवार, कार्तिक १० गते २०८३

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध    

बिहिवार , आषाढ २४, २०७८

काठमाडौं । अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ गौतमडाँडास्थित सडकभन्दा माथिबाट आएको पहिराका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा-पोखरा सडकखण्ड आज दिउँसो सवा दुई बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।     
     
पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउनका लागि सडक विभाग र पुतलीबजार नगरपालिकाकासँग समन्वय भइरहेको प्रवक्ता अधिकारीले बताए सडक अवरुद्ध भएसँगै स्याङ्जादेखि पोखरा तथा पोखरादेखि स्याङ्जातर्फ आउने सवारी साधन बाटोमै रोकिएका छन् ।     

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार