आइतवार, आश्विन २५ गते २०८३

संवादबाट निकास खोज्न एमाले तयार नहुनु दु:खद : कानुनमन्त्री कार्की

बिहिवार , आश्विन १४, २०७८

काठमाडौं। प्रधानमन्त्री शेर वहादुर देउवाले बोलाएको सर्वदलीय बैठकले संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ।

बैठकले संघीय संसदमा अवरोध जारी रहँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा बाधा पुग्ने भन्दै वार्ताबाट समाधान खोज्न एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री देउवाले आव्हान गरेको आजको सर्वदलिय बैठक एमालेले बहिस्कार गर्यो।

एमालेको अवरोधका कारण गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका थिए। बैठकमा एमाले अनुपस्थित रहेपछि संवादबाट समाधान खोज्न एमाले तयार नहुनु दु:खद भएको सरकारले जनाएको छ। 

बैठकपछि बाहिरिँदै सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवादबाट निकास खोज्न एमाले तयार नहुनु दु:खद रहेको बताए। यसअघि सभामुखले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष आएन। आज प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउँदा पनि एमाले अनुपस्थित रह्यो। यउनले अगाडी भने, ‘सबाट एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ।’ 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार