शुक्रवार, कार्तिक ७ गते २०८३

डडेल्धुरामा ब्राउन सुगरसहित युवक मृत फेला

शुक्रवार , आषाढ २५, २०७८

काठमाडौं । डडेल्धुरामा एक युवक मृत फेला परेका छन् । जिल्ला सदरमुकाम बागबजार घरनजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन् ।

धामी भीमदत्त चोकनजिक एक पसलको बाहिर मृत अवस्था फेला परेको प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । मृत फेला परेका धामीको खल्तीमा ब्राउन सुगर फेला परेको हो ।

उनले कागजमा बेरेर राखेको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र अहिलेसम्म मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार