काठमाडौं । महिला मन्त्रालयको गाडीमा आपत्तिजनक अवस्थामा फेला परेकी महिलाले पैसा लिएर सहमतिमै यौनजन्य क्रियाकलाप गरेको बयान प्रहरीलाई दिएकी छन् ।
उनि सहित तिन जनालाई महानगरीय प्रहरी वृत्त जगातीको टोलीले बिहीवार बेलुका यौनजन्य क्रियाकलापमा संलग्ना रहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालका अनुसार मन्त्रीको स्वकीय सचिवालयका एक सदस्यलाई घर पुर्याएर फर्किने क्रममा ती महिलासँग भेट भएको र सहमतिमै जंगलतिर गएको बयान पक्राउ परेका दुई पुरुषले दिएका छन् ।
ती दुईमध्ये एकजना मन्त्रालयका सवारी चालक हुन् भने अर्का एकजना कर्मचारी नभएको बताइएको छ ।
प्रहरीले तिनै जनालाई सार्वजनिक स्थलमा यौनजन्य गतिविधि गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।
मन्त्रालयका सवारी चालक, अर्का एक पुरुष र एक महिला यौनजन्य गतिविधि गरिरहेको अवस्थामा सूर्यविनायक नगरपालिका भक्तपुरमा पर्ने जंगलबाट पक्राउ