काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशैँपछि संयुक्त सरकार बनाउन प्रस्ताव गरेका छन्। उनले बुधबार निर्वाचनसम्म संयुक्त सरकार बनाएर अघि बढ्न आग्रह गरेका हुन्।
आज प्रदेश १ को प्रदेशसभा भवन उद्घाटन गर्नेक्रममा उनले संयुक्त सरकार बनाउन आग्रह गर्दै अगाडी भने, ‘आउनुहोस्, सबैको सहमतिको सरकार बनाएर जाउँ, लडाइँ झगडा तछाडमछाड शब्दका वाण यी सबैको के जरुरी पर्यो,’ उनले भने, ‘दशैंमा मासु खाएर ठण्डा दिमागले सोच्नुहोस्, दशैंपछि राम्ररी सल्लाह गरेर संसदमा निष्कर्ष निकालौं ।’
उनले सरकारले संविधान नमिच्ने भन्दै संविधान अनुसार यो सरकारले विश्वासको मत लिने बताए।