काठमाडौं । कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य पारिएका प्रकाश विश्वकर्मा इलाका प्रहरी कार्यालय भजनी पुगेका छन् ।
अन्तरजातिय विवाह गरेका प्रकाश दम्पतिले जंगलबाट आफुहरुलाई सहयोग गर्न आग्रह गर्दै सामाजिक संजालबाट आग्रह गरेर भिडियो सार्वजनिक गरेपछि प्रहरीले उनिहरुलाई छलफलका लागि बोलाएको थियो ।
तर, प्रकाश एक्लै प्रहरीकोमा पुगेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । प्रकाश प्रहरीको सम्पर्कमा रहेको बताउँदै केटीपक्षलाई पनि सम्पर्कमा ल्याउन पहल भइरहेको प्रहरी निरीक्षक नरबहादुर साउदले बताए ।
प्रहरीकोमा पुगेका प्रकाशले गाउँमा कसैले पनि अन्तरजातीय विवाह स्वीकार नगर्ने भन्दै जंगलमै लुकेर बसेको बताएका छन् । लामो समयसम्म जंगलमा लुकेर बस्नुपरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो पीडा बाहिर ल्याएको उनको भनाई छ ।
विवाह गरेका जोडीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले त्यसमा चासो देखाएको थियो । जोडीलाई घर पुगेपछि युवतीका आफन्तले घर लगेका छन् । असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका-४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावल हिजो घर पुगेका थिए ।
उनीहरु दुवै जना एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । असार १७ गते युवतीका आफन्तले घरबाट हराएको भन्दै खोजीका लागि निवेदनसमेत दिएका थिए । दुवै जनाको उमेर २० वर्ष भन्दा कम रहेको छ ।
प्रकाशसँग प्रहरीले सोधपुछ गरिरहेको बताएको छ । प्रकाशले गाउँमा कसैले पनि अन्तरजातीय विवाह स्वीकार नगर्ने भन्दै जंगलमै लुकेर बसेको बताएका छन् ।
लामो समयसम्म जंगलमा लुकेर बस्नुपरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो पीडा बाहिर ल्याएको उनको भनाई छ । युवतीका आफन्तले निरन्तर धम्की दिँदै आएका उनको दाबी छ ।