काठमाडौं। सल्यानमा एक पुरुषले आफ्नै छोराको हत्या गरेका छन्। घरायसी विवादमा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवर मगरले आफ्ना छोराको हत्या गरेका हुन्।
निमबहादुरले धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय रुपलालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। सूचना अधिकारी पौडलका अनुसार निमबहादुरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दशैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई हसिँयाले प्रहार गरेका थिए।