सोमवार, कार्तिक १० गते २०८३

सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा विद्युत अवरुद्ध

शनिवार , आषाढ २६, २०७८

सुर्खेत । कर्णालीका पाँच जिल्लामा एक दिनका लागि विद्युत अवरुद्ध हुने भएको छ ।

कोहलपुर-सुर्खेत विद्युत प्रशारण बन्द हुँदा कर्णालीका सुर्खेतसहित दैलेख, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यानको पश्चिम क्षेत्रमा विद्युत अवरुद्ध हुने कार्यालयले जनाएको छ ।

आज बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ । कोहलपुर-सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिगाहरु काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध भएको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिए ।

उनका अनुसार बर्खायाममा आउने हावाहुरीबाट रुखका हाँगाहरु खसेर तारमा टाँगिने र पटक(पटक विद्युत अवरुद्ध हुन थालेपछि रुखका हाँगा काट्न गर्न थालिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार