शुक्रवार, कार्तिक ७ गते २०८३

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। नेपाली कांग्रेस र एमालेको आग्रहपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक कात्तिक १५ गतेसम्मलाई स्थगित भएको जानकारी दिएको छ। 

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको जनाइएको छ। 

मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आइतबारको बैठकको कार्यसूची रहेको थियो। तर विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले देउवाको भ्रमणलाई कारण देखाई आजको बैठक रोक्न माग गरेको थियो।

यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिएको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार