सोमवार, कार्तिक १० गते २०८३

बाघको संरक्षणमा विशेष ध्यान दिनु पर्छ: प्रधानमन्त्री

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ र मानव तथा अन्य जनावरसँगका द्वन्द्वलाई टार्ने कार्यक्रम प्रभावकारी बनाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

जैविक चक्रको संरक्षणका लागि बाघको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै उनले शनिबार प्रधानमन्त्री निवासमा बालुवाटारमा आयोजित राष्ट्रिय बाघ संरक्षण समितिको सातौं बैठकमा बाघको शिकार तथा आखेटोपहारजस्ता कुरालाई हतोत्साहित गर्न तथा बाघको बासस्थान आसपासका जनतालाई बाघबाट सुरक्षित हुन र टक्करमा नपर्न सचेत हुनुपर्नेमा जोड दिएका हुन्।

‘संरक्षण क्षेत्रमा बाघकोे आहारा पाउने कुरालाई सुनिश्चित गरिनुपर्छ नत्र अन्यत्रबाट ल्याएर पनि उसका आहारा हुने जन्तु पाल्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसो भयो भने मात्र बाघले आफ्नो भोजन बदमासीबिना प्राप्त गर्न सक्छ।’

संरक्षणमा संलग्न निकायले जङ्गलमा बाघको कति प्रतिशत क्षेत्रमा बसोबास हुन्छ, हिमाल, पहाड र तराई गरी तीनै खालका बाघको संख्या यकिन गर्न कुन–कुन बाघको कस्तो–कस्तो स्थिति छ भन्ने अध्ययन गर्नुपर्ने बताउँदै उहाँले विकास निर्माणकार्यमा वन्यजन्तुलाई असर नपर्ने गरी नीति बनाउन आग्रह गरे।

पाटेबाघ लोप हुनुपूर्व नै विश्वको चासो बाघ संरक्षणमा गएको उल्लेख गर्दै उनले सेन्टपिटसवर्ग सम्मेलनले तय गरेजस्तै बाघको संख्या दुई गुणा वृद्धि गर्ने निर्णय नेपालले कार्यान्वन गरेको बताए। प्रधानमन्त्री ओलीले शताब्दीयौँदेखि हामीले जोगाएका पाल्तु जनावर खाने बाघ बङ्गाल टाइगर नहुने भएकाले यसलाई पाटे बाघ भन्न पनि आग्रह गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार