शुक्रवार, कार्तिक ७ गते २०८३

सर्वोच्चका न्यायाधीशले फुलकोर्ट बैठक बहिस्कार गर्ने

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। सर्वोच्चका न्यायाधिसहरुले फुलकोर्ट बैठक बहिस्कार गर्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका हुन्।

आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आइतबार बारका पदाधिकारीहरुसँगको छलफलमा सोमबारका लागि आफूले सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरु पनि बोलाउने प्रतिवद्धता जनाएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार