शुक्रवार, कार्तिक ७ गते २०८३

फिदिममा बस खस्दा कम्तीमा ४० जना घाइते, १५ को अवस्था गम्भिर

सोमवार , कार्तिक ८, २०७८

काठमाडौं। पाँचथरको फिदिममा यात्रुवाहक बस सडकबाट खस्दा कम्तीमा ४० जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसमा ६० भन्दा बढी यात्रु रहेका थिए। बस सडकबाट खसेर अर्को गोलाइमा पुगेको छ। घाइतेमध्ये २४ जनालाई पाँचथर अस्पताल र बाँकीलाई पाथिभरा तथा समर्पित अस्पताल लगिएको छ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
पाँचथरबाट झापा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस सोमबार बिहान फिदिम–४ सरखण्डेमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार