काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बेमौसमी वर्षाले पर्याएको क्षति निरिक्षणपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने छ। देउवा सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएका छन्।
आजको बैठकमा सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे छलफल गर्नुको साथै बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ।