बिहिवार, आश्विन १५ गते २०८३

नेपाल बारद्वारा प्रधानन्यायाधीशको राजीनामा माग

सोमवार , कार्तिक ८, २०७८

काठमाडौं। नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गरेको छ। सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो।

तर यसबारे औपचारिक निर्णय भने भोलि सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि सार्वजनिक गर्ने जनाइएको छ।  न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै पूर्वन्यायाधीश समाजले प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए प्रतिनिधिसभाले आफ्नो संवैधानिक दायित्व पूरा गर्नुपर्ने बताएको थियो।

भने प्रधानन्याधिसको भुमिकाबाट असन्तुष्ट न्याधिशहरुले पनि आज इजलास बहिस्कार गरे। त्यस्तै न्यायपालिका शुद्धिकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार