बिहिवार, आश्विन १५ गते २०८३

प्रधानन्यायाधीशले आफुले राजीनामा नदिने भन्दै न्यायाधिशहरुलाई यसो भने

मंगलवार , कार्तिक ९, २०७८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने बताएका छन्। आफुसंग असन्तुष्ट बनि मार्गप्रशस्त गर्न आग्रह गर्न पुगेका न्यायाधीशहरूलाई उनले यस्तो जवाफ दिएका हुन्। 

आज न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गरेका थिए। सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए।

आजको छलफलमा प्रधानन्यायाधिशको कामकारवाही र भुमिकामा प्रश्न उठेकाले सम्मानजनकरूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गरेको तर जवाफमा जबराले बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा नदिने स्पष्ट पारेको जनाइएको छ।

उनले आफ्नो नियुक्ति संविधानअनुसार भएको भएकोले बहिर्गमन  पनि संविधान बमोजिम हुने भन्दै बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा नदिने तर्क गरेको एक न्यायाधिशले जानकारी दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार