बिहिवार, आश्विन १५ गते २०८३

प्रधानन्यायाधीश राणाले तोके ११ इजलास, छैन इजलास बस्ने सम्भावना

बुधवार , कार्तिक १०, २०७८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका छन्। विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोकेका हुन्।

सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन। उनिहरु आज पनि छलफल गर्दै छन्। न्यायाधीशहरू छलफलमा व्यस्त हुने भएकाले आज प्रधानन्यायाधीश राणाले तोकेका इजलास बस्ने सम्भावना निकै कम छ।

मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए। उक्त छलफलमा राणाले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने भन्दै कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने राणाको अडान सुनेपछि न्यायाधीशहरूले थप छलफल गरेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार