शुक्रवार, कार्तिक ७ गते २०८३

प्रधानन्यायाधिश जवराले ५ मुद्धाको सुनुवाई पछि, भने मेरा कुरा भोली राख्छु

बुधवार , कार्तिक १०, २०७८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्ना कुरा भोली राख्ने बताएका छन्। बुधबार ५ मुद्धाको सुनुवाई गरेका प्रधानन्यायाधिशले आफूले मुद्दा हेर्न नछाड्ने भन्दै आफ्ना कुरा भोली राख्ने बताए।

बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै उनले भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु ।’ उनले भोलि पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताए।

बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र प्रश्नबारे केही नबोल्ने उनले बताए । प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतका १५ न्यायाधीशहरूले मुद्दाको सुनुवाइ बहिष्कार गरेका छन्। दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार