शुक्रवार, कार्तिक ७ गते २०८३

कोरोनाले बन्द भएको कोरिया रोजगारी झण्डै २ वर्षपछि खुल्यो, ४८ कामदार बुधबार जाँदै

बुधवार , कार्तिक १०, २०७८

काठमाडौं।  कोरोना संक्रमण भित्रिएसंगै बन्द भएको कोरिया रोजगारी झण्डै २ वर्षपछि खुलेको छ। कोरोनाका कारण करिब २ वर्षदेखी कोरिया रोजगारी ठप्प थियो। सरकारले कोरियाले राखेको सबै सर्त पुरा गरेपछि बुधबारबाट दक्षिण कोरिया रोजगारी सुचारु भएको हो। 

बुधबार पहिलोपटक ४८ कामदार जाँदै छन्। नेपाली समय अनुसार आज बेलुका ७ : १५ नेपाली कमिटेड कामदारहरु कोरिया प्रस्थान गर्दै छन्। उनिहरुले कोरोना सम्वन्धि सम्पुर्ण स्वास्थ्य मापदण्ड पुरा गरी जाँदै छन्। पहिलो उडानमा यसअघि कोरियामै रोजगारी गरी फर्किएका हरु छन्।

कोरोनाका कारण भाषा तथा सिप परिक्षा पास गरेका तथा ५ वर्षे कार्यकाल सकिएर फर्किएका कामदारहरु यतै रोकिएका थिए। 
लामो समयपछि रोजगारी खुलेपछि जान प्रक्रिया पुरा गरी बसेका कामदारहरुमा खुसीयाली छाएको छ।

रोजगारी खुलाउन सरकारले चासो नदिँदा युवाहरु संघर्ष समिती नै बनाएर सम्वन्धित कार्यालय मन्त्रालय लगायतमा पहल गर्दै आएका थिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार