काठमाडौं। यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अनुसार मोटरसाइकलको सवारी चालक अनुमति पत्रका लागी लिइने लिखित परिक्षाका लागी पाठ्क्रम तयार पारेको छ। सोही पाठ्यक्रमभित्रबाट लिखित परिक्षामा पश्न सोधिनेछन्।
विभागले करिब ६ महिनापछि मंगलबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ। विभागले पुराना आवेदकको प्रयोगात्मक परीक्षा सकिएपछि नयाँ आवेदकको प्रयोगात्मक परीक्षा लिने बताएको छ।
प्रयोगात्मक परीक्षा अगाडि आवेदकले लिखित परीक्षा दिनुपर्ने हुन्छ। नयाँ आवेदकले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालक कार्यविधि निर्देशिका, २०७७ (संशोधित) अनुसार परीक्षा दिनुपर्ने हुन्छ।
निर्देशिका अनुसार प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए हुने छ भने लिखित परीक्षामा ६० अंक ल्याउनुपर्ने छ। ३० मिनेट समयको लिखित परीक्षामा २५ वटा प्रश्न सोधिने छ।