सोमवार, कार्तिक १० गते २०८३

आँखीभौँ छेड्दा ज्यान गुमाइन् १५ वार्षिय किशोरीले  

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । घरमै साथीको सहायताले आँखीभौँ छेडेकी एक १५ वर्षिय किशोरीको ज्यान गुमेको छ । आफ्नै घरमा आँखीभौँ छेडेका कारण स्कूलमा पढ्दै गरेकी १५ वर्षे इसाबेला इड्वार्डा सुसाले घातक संक्रमणको सामना गर्नुपर्यो जसका कारण उनको अनुहार बेलुन झैं सुन्नियो भने उनका आँखा यति धेरै सुन्निए कि ती सधैंका लागि बन्द भए ।

यो घटना ब्राजिलको मिनास गेराइ प्रान्तस्थित भएको हो । ती किशोरीले आँखीभौँ छेड्नका लागि आफ्ना आमा–बुवा र आफन्तसँग सोधेको भएपनि यसका लागि कसैले अनुमति भने दिएका थिएनन् ।

आँखीभौँ छेडेको तीन दिनपछि इसाबेलामा निकै डरलाग्दा लक्षण देखिन थाले । उनको आँखा वरिपरिका भाग असाध्यै सुन्निएपछि अस्पताल पुर्याइयो जहाँ उनलाई चार पटक हृदयघात भयो ।

उनको शरीरले बाहिरको वस्तुलाई स्वीकार गरेन तसर्थ उनको स्वास्थ्य दिनप्रतिदिन बिग्रिदैगयो । त्यसपछि उनलाई थप सुविधा सम्पन्न अस्पतालमा पुर्याइयो जहाँ उनलाई एक हप्तासम्म भेन्टिलेटरमा राखियो ।

तर उनलाई बचाउन सकिएन । घटनाले उनको परिवारलाई विक्षिप्त बनाएको छ  । उनको मृत्युपछि उनकी काकी जुर्सिनी डि सुसाले यस्ता घटना हुन नदिन आफ्ना अभिभाकवले भनेको मान्न किशोरकिशोरीमा आग्रह गरेकी छन् ।

डाक्टरका अनुसार इसाबेला बाँचेकी भए पनि उनको दृष्टि गुम्न सक्दथ्यो जहाँ उनले छेडेकी थिइन् । स्वास्थ्य अधिकारीले यस्ता जति पनि कुराहरु लाइसेन्स प्राप्त क्लिनिक वा विज्ञमार्फत् नै गराउनुपर्ने सल्लाह दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार