शुक्रवार, कार्तिक ७ गते २०८३

गृहमन्त्री खाणले गरेको एसएसपीको सरुवा प्रधानमन्त्री देउवाले रोकीदिए

बिहिवार , कार्तिक ११, २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको सरूवा रोकेका छन्।

गृहमन्त्री बालकृष्ण खाणले मंगलबार राति सिंहलाई भैरहवा विमानस्थलमा काज खटाउने निर्णय गरेका थिए। त्यही रात नै प्रधानमन्त्री देउवाले खाणको निर्णय उल्ट्याइदिएका हुन्।

खाणले सिंहको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरेका थिए। त्यसको जानकारी प्रहरी प्रधान कार्यालय समेतमा पुगिसकेको थियो। एक वर्ष अवधि नपुग्दै हटाउन खाणले निर्णय लिएपछि एसएसपी सिंहले प्रधानमन्त्री देउवासम्म कुरा पुर्‍याएको स्रोतले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार