शुक्रवार, कार्तिक ७ गते २०८३

चैत मसान्तभित्र सबै नागरिकले खोप पाउने गरी व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

बिहिवार , कार्तिक ११, २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य अनुसार खोपको व्यवस्थापन गर्न निर्देशन दिएका छन्। उनले सरकारको लक्ष अनुसार खोपको कमी हुन नदिन सरोकारवाला निकायलाई निर्देशन दिए।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने भन्दै उनले भने, ‘दाताहरुसँग पनि खोप मागौं। आग्रह गरौं। हामी आफैं पनि खरिद गरौं तर खोपको कमी हुन नदिऊँ, देउवाले भने, ‘नागरिकलाई नि: शुल्क खोप लगाउने व्यवस्था गरौं।’

प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोपका बारेमा अहिलेसम्मको अवस्थाका बारेमा प्रतिवेदन पेश गरेको थियो। जसअनुसार असोज मसान्तसम्म ३४ प्रतिशत नागरिकले कोरोना खोपको पहिलो डोज र २२ प्रतिशतले दुबै मात्रा लगाइसकेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार