सोमवार, कार्तिक १० गते २०८३
समाज

कञ्चनपुरमा चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते    

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । चट्याङ लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको मृत्यु भएको छ । 
आज बिहान घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो । मृतकका १८ वर्षीय छोरा लालसिंह महरा घाइते भएका छन् ।     
     
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घाइते  लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।     

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार