काठमाडौं। सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले श्रीधर खत्रीलाई अमेरिका, डा.शंकर शर्मालाई भारत र ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो। राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन्।