काठमाडौं। सर्वोच्चका २० मध्ये १९ न्यायाधिक एक भएका छन्। कसको पक्षमा भन्ने खुल्न बाँकी रहेका न्यायाधीश तेजबहादुर केसीले पनि अन्य १८ न्यायाधिशलाई साथ दिने निर्णय गरेका छन्।
सर्वोच्च अदालतका १८ न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गरी इजलास बहिस्कार गर्दै आएका छन्। न्यायाधीश केसीले भने बिहीबार मात्रै आफू सर्वोच्चका १८ न्यायाधीशको साथमा रहेको सन्देश पठाएको जनाइएको छ।
मन्त्रिपरिषद, संवैधानिक परिषदलगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाद्वारा पेसी तोक्छु भनेर पछि हटेको लगायतका कामकारबाही गरेर प्रधानन्यायाधीशले न्यायिक विचलन गरेको विवाद बढ्दै गएपछि न्यायाधिशहरुले प्रधानन्यायाधिशको राजीनामा माग गरी इजलास बहिस्कार गर्दै आएका छन्।
प्रधानन्यायाधिहले भने आफु संवैधानिक रुपमा आएको भन्दै कसैले राजीनामा माग्दैमा राजीनामा नदिने बताएका छन्। उनले बुधबार पूर्वन्यायाधीश पण्डितको निधनको खबर आउनुअघि आफूलाई तोकेको एकल इजलासबाट पाँच वटा आदेश गरेका थिए।
बिहीबार पनि उनले आफ्नो एकल इजलास तोकेका थिए। तर पूर्वन्यायाधीश लम्सालको निधनका कारण आजका इजलास स्थगित भएका थिए।