काठमाडौं। नेपाल बार एशोसिएसन परिसरमा प्रधानन्याधिशको राजीनामाको विषयलाई लिएर वकिलहरुबीचनै कुटाकुट भएको छ। शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरेको विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो। उनिहरुले आ आफ्नै कुरा राखीरहेका बेला उनिहरुबीच कुटाकुट भएको हो ।