शुक्रवार, कार्तिक ७ गते २०८३

सर्वोच्चका १५ न्यायाधीश विरुद्ध परमादेशको माग गर्दै सर्वोच्चमा रिट

शुक्रवार , कार्तिक १२, २०७८

काठमाडौं। सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध परमादेशको माग गरी सर्वोच्च अदालतमै रिट दायर भएको छ। न्यायाधीशहरुले इजलास बहिस्कार गर्दा  न्याय प्रभावित भएकाले न्यायमा असर पर्नेगरी कार्य नगर्न/नगराउन माग गर्दै तीनवटा रिट दायएर भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

रिटमा न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ नहुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारी गर्न माग गरिएको छ।

रिट दर्ता प्रक्रियामा रहेको छ। स्वागत नेपाल, कृष्ण प्रसाईंलगायत अधिवक्ताहरुले रिट दायर गरेका हुन्। सर्वोच्चका न्यायाधिशहरु हाल प्रधानन्याधिशको राजीनामा माग गरी इजलास बहिस्कार गर्दै आएका छन्। यही विषयमा विवाद हुँदा शुक्रबार दिउँसो बारमा न्यायाधिशहरुबीच कुटाकुट समेत भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार