शुक्रवार, कार्तिक ७ गते २०८३
समाज

एक महिनादेखि बेपत्ता महिलाको शव घरनजिकै गाडिएको अवस्थामा फेला

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् ।

उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा शव फेला परेको तर शवको डीएनए परीक्षण गर्न बाँकी रहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिए ।

शव फेला परेपछि घटनाको विषयमा थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले बताए । सुजिताको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

ससुरा पतिराम ठाकुर भने अझै फरार रहेको प्रहरीले जनाएको छ । मृतकका माइती पक्षले हराएकै समयदेखि हत्या गरिएको भन्दै प्रहरीमा पटकपटक जाहेरी लिएर गए पनि प्रहरीले दर्ता गर्न मानेको थिएन । माइती पक्षकै जिद्दीपछि प्रहरीले शव गाडिएको शंकास्पद ठाउँमा खनेर हेर्दा फेला परेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार