शुक्रवार, कार्तिक ७ गते २०८३

राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको ५ दिने अल्टिमेटम

शुक्रवार , कार्तिक १२, २०७८

काठमाडौं। प्रधानन्याधिशलाई नेपाल बार एशोसिएसनले राजीनामा दिन अल्टीमेटम दिएको छ। बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ।

शुक्रबार बसेको बार कार्यसमितिको बैठकले साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ। जसअन्तरगत आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ। उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार