सोमवार, कार्तिक १० गते २०८३

गण्डकी प्रदेश : मनाङेलाई खेलकुद र आचार्यलाई ऊर्जामन्त्रीको जिम्मेवारी

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । गण्डकी प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको छ ।  लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  

जनता समाजवादी पार्टीका आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र  स्वतन्त्र सांसद दीपक मनाङेलाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनिहरुले आजै पदभार पनि ग्रहण गरेका छन् ।

यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन ।  दुई विना विभागीय मन्त्रीहरुले शुरुमा अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि सम्हालेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटमाथिको छलफल कार्यक्रमअघि नै मन्त्रालयको विषयलाई टुङ्गो लगाएका छन् । 

यसअघि जसपाका आचार्यले अर्थ मन्त्रालय दावी गर्दै आफ्ना दुवै सांसदलाई मन्त्री बनाउनु पर्ने माग गर्दै आएका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार