काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी भित्र्याउन आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघद्वारा आज लन्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले (एनआरएनए)लाई वैदेशिक लगानी भित्र्याउन आग्रह गर्दै सरकारले सुविधा दिने बताए।
नेपालमा खोप भित्र्याउन एनआरएनले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले नेपाल चाँडै कोभिड-१९ मुक्त मुलुक हुने बताए। आफूले बेलायती सांसदहरुसँग आज भेटेर नेपालको तर्फबाट कुराहरु राख्ने पनि बताए।
एनआरएनए बेलायतले उक्त अवसरमा प्रधानमन्त्री देउवालाई विभिन्न माग राख्दै ज्ञापन पत्र समेत पेश गरेको थियो।
संघले दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सीधा हवाइ उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, वैदेशिक लगानीमैत्री वातावरण बनाउन माग गरेको।