शुक्रवार, कार्तिक ७ गते २०८३

प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर कानुन व्यवसायीको प्रदर्शन

आइतवार , कार्तिक १४, २०७८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन्। नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार विहान १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेका हुन्।

प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोपमा बारले विरोधका कार्यक्रम घोषणा गरेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा दिएर न्यायपालिका सुधारका लागि मार्गप्रशस्त गर्नुपर्ने अडान राखेको छ।

तर प्रधानन्यायाधीश जबराले भने राजीनामा नदिने अडानमा छन्। प्रधानन्याधिशले भने उनिहरुको आन्दोलनलाई वेवास्ता गर्दै निरन्तर इजलास राखी सुनुवाई गर्दै आएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार