शुक्रवार, कार्तिक ७ गते २०८३

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन, निर्णय फिर्ता नभए कालो मोसो दल्ने चेतावनी

आइतवार , कार्तिक १४, २०७८

काठमाडौं। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। मुल्यवृद्धीको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गरेको हो।

टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताए।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको  दाबी गरे। उनले तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीलाई कालो मोसो दल्न पछि नपर्ने चेतावनी दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार