शुक्रवार, कार्तिक ७ गते २०८३

प्रधानन्यायाधीशको चैतसम्म काम गर्ने प्रस्ताव न्यायाधीशहरुले गरे अस्वीकार

सोमवार , कार्तिक १५, २०७८

काठमाडौं। दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले चैत मसान्तसम्म काम गर्न राखेको प्रस्ताव अन्य न्यायाधीशहरुले अस्वीकार गरेका छन्। छलफलमा सहभागी एक न्यायाधीशका अनुसार यो वर्षको अन्तिमसम्म काम गर्न दिन प्रधानन्यायाधीश प्रस्ताव राखेका थिए। 

तर न्यायाधिशहरु भने उनको प्रस्ताव अस्वीकार गर्दै उनले तत्काल मार्ग प्रसस्त गर्नुपर्ने अडानमै छन्। उनिहरुले प्रधानन्यायाधीश यो प्रस्ताव कपटपूर्ण रहेको ठहर छ। उनिहरु आफ्नो मागमा अडिग रहेपनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा भने सुनुवाई गर्ने भएका छन्। 
एकसातादेखी इजलास बहिस्कार गर्दै आएका उनिहरुले आफूहरुले माग गरेबमोजिम नै बन्दी प्रत्यक्षीकरणको रिट मात्रै पेसीमा राखिएको र प्रधानन्यायाधीशले आफूलाई पेसी नतोकेका कारण बन्दी प्रत्यक्षीकरणको रिट हेर्ने निर्णय गरिएको हो। यससँगै सोमबारबाट बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरु भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार