शुक्रवार, कार्तिक ७ गते २०८३

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

सोमवार , कार्तिक १५, २०७८

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन्।  आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन्।

भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ। अब प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईमुख्यमन्त्री बन्ने भएका छन्। पाँच दलिय गठबन्धनले नेता राजेन्द्र राईलाई  मुख्यमन्त्रीको रुपमा अघि सारेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार