शुक्रवार, कार्तिक ७ गते २०८३

४९ सांसादको हस्ताक्षर सहित मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी पेश

सोमवार , कार्तिक १५, २०७८

काठमाडौं। प्रदेश १ मा नयाँ मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले दावी पेश गरेका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ बजे आव्हान गरे लगत्तै ५ दलिय गठबन्धनले प्रदेश प्रमुख समक्ष राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्।

विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको छ। नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकत्रान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन्।

५० जना सांसदको समर्थन रहेको बताइए पनि नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाडौंमा रहेको कारण उनको हस्ताक्षर गर्न बाँकी रहेको जनाइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार