काठमाडौं। सरकारले त्रिभुवन विमानस्थल परिसरमा गरिदै आएको कोभिड-१९ परीक्षणको शुल्क घटाउन निर्देशन दिएको छ। वैदेशिक रोजगारीमा जानेहरूका लागि गरिने कोभिड परीक्षण शुल्क महंगो भएको भन्दै चौतर्फी आलोचना भएसँगै सरकारले परिक्षण शुल्क १२ सय बढी नलिन निर्देशन दिएको हो।
हाल विदेशिनेलाई विमानस्थलमा कोरोना परिषण शुल्क २ हजार सम्म लिने गरिएको छ। त्यसलाई व्यवस्थित बनाउन स्वास्थ्य संस्थालाई पत्राचार गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
विमानस्थलबाट प्रस्थान गर्ने यात्रुहरूका लागि पिसिआर परीक्षण शुल्क जथाभावी लिएको पाइएमा प्रयोगशालाहरूलाई कारबाही गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।