काठमाडौं। धादिङको धुनीबेंसीमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा नं. १ मा गए राति मीनीट्रक दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेमा धुनीबेंसी नगरपालिका-१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ छन्। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।
दुर्घटनामा अन्य सात जना घाइते छन्। घाइतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा४ख ५८४८ नंको मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।