शुक्रवार, कार्तिक ७ गते २०८३

जनकपुरमा छोरा नजन्माएको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

मंगलवार , कार्तिक २३, २०७८

काठमाडौं। जनकपुरमा छोरा नजन्माएको भन्दै श्रीमानले श्रीमतीको हत्या गरेका छन्। धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको हो।

छोरा जन्माउन नसकेको भन्दै सबैला नगरपालिका ३ का ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको मृतकका माइती पक्षको आरोप छ।

१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा र दाईजोलाई लिएर साफी र उनका वहिनी नुरजहा खातुन, दाई मन्जुर साफीले मानसिक तनाव दिदै आएको खातुनका बुबा मोहम्मद आलमले बताए।

कार्तिक ८ गते राती रक्सी खाएर साफीले घरमा सुतिरहेका छोरीको घाँटी थिचेर हत्या गरेको उनको आरोप छ। मृतकको शरिरभरि डाम देखिएको र घाँटीमा समेत डाम देखिएको उनको भनाइ छ।

ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार