बिहिवार, आश्विन १५ गते २०८३

बार अध्यक्ष श्रेष्ठले लगाए प्रधानन्यायाधिशलाई यस्तो आरोप

मंगलवार , कार्तिक २३, २०७८

काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्याधिश चोलेन्द्र शमशेर जवरालाई बिचौलियाको नाइके भएको आरोप लगाएका छन्। उनले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन्। 

उनले भने, ‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलासबाट न्याय पाउन सक्दैनौँ,’ अध्यक्ष श्रेष्ठले भने,‘ प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन।’

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राजीनामा र महाभियोगका लागि पर्याप्त आधार तयार भइसकेको बताए। उनले प्रधानन्यायाधीशको अभिव्यक्तिले न्यायालयको चीरहरण भएको बताए। अहिले न्यायाधीशहरू पनि आन्दोलनरत भएकाले के आधारमा आन्दोलनमा लागेको भन्दै त्यसका सबै कारणहरू अब सार्वजनिक गर्नुपर्ने उनले बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार