शुक्रवार, कार्तिक ७ गते २०८३

तीन प्रदेशमा प्रदेश प्रमुख फेर्ने मन्त्रीपरिषद्को निर्णय

मंगलवार , कार्तिक २३, २०७८

काठमाडौं। सरकारले तीन प्रदेशमा प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम, कर्णाली र प्रदेश नं १ मा प्रदेश प्रमुख फिर्ने निर्णय गरेको हो।
सरकारले सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश नं १ मा पर्शुराम खापुङलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो।

जोशी कांग्रेस, परियार नेकपा माओवादी केन्द्र तथा खापुङ जनता समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका हुन्। सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका जोशी नेपाली कांग्रेस बाजुराका पूर्व पार्टी सभापति हुन्।

हाल सुदूरपश्चिममा गंगाप्रसाद यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख थिए। उनीहरुलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सरकारले सिफारिस गरेको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार