काठमाडौं। पछिल्लो २४ घण्टामा मंगलबार ५३३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ जनाको पीसीआर परीक्षण गर्दा ४४३ जना र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ५३३ जनामा कोरोना संक्रमण देखिएको हो।
नेपालमा कोरोनाभाइरस संक्रमितको कुल संख्या ९ लाख भन्दा बढी पुगेको छ। सोही अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ। त्यस्तै ४८४ जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ जना छन्। यस्तै कूल ७ लाख ९६ हजार ३०६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।