शुक्रवार, कार्तिक ७ गते २०८३

प्रदेश-१, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त

मंगलवार , कार्तिक २३, २०७८

काठमाडौं। सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश-१ को प्रदेश प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी हुन्।

यसअघिका प्रदेश प्रमुखहरु प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।

press-realese.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार