काठमाडौं। कानुन व्यवसायी प्रधानन्यायाधिशको राजीनामा माग गर्दै आजपनि आन्दोलनमा उत्रिएका छन्। नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च अदालतमा आन्दोलन भइरहेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतको गेटमा धर्नासहित नाराबाजी भइरहेको छ। सर्वोच्चको गेट बन्द गरिएको छ। ठूलो संख्या प्रहरी परिचालन गरिएको छ।
कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशलाई कार्यालय छिर्न नदिने भन्दै गेटमै आन्दोलन गरेका हुन्। तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वकिलहरुको अवरोध छिचोल्दै सर्वोच्च अदालत प्रवेश गरेका छन्। उनी सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा अदालत प्रवेश गरेका हुन्।