सोमवार, कार्तिक १० गते २०८३

आर्थिक हिनामिना भएको भन्दै कैलालीमा वादी समुदायका दुई समुहविच झडप

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयअगाडि बादी समुदायका दुई पक्षबीच झडप भएको छ । मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन आएका बादी समुदायका नागरिकबीच एकआपसमा झडप भएको प्हरीले जनाएको छ । 

ज्ञापनपत्र बुझाउन आएका मिठू बादी र रमा बादीको समूहबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टल रमा बादी नेतृत्वको समूहले आर्थिक हिनामिना गरेको मिठुबादी समूहले आरोप लगाएपछि दुई पक्षबीच विवाद सुरु भएको थियो ।

१७ लाख रुपैयाँ हिनामिना गरेको उनिहरुको आरोप छ । आइतबार बादी उत्थान समितिकी अध्यक्ष रमा बादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । मिठु बादी नेतृत्वको बादी समुदायका नागरिक पनि मुख्यमन्त्री कार्यालय बाहिर आएका थिए ।

तर, उनीहरुले आफूलाई मुख्यमन्त्रीसँग भेट गर्न नदिएको आरोपसमेत लगाएका छन् । रमा बादी नेतृत्वको समूहले बादी समुदायको नागरिकको नाममा यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आर्थिक हिनामिना गरेको भन्दै मिठु बादी नेतृत्वको बादी समुदायले विरोध गरेपछि मुख्यमन्त्री कार्यालय अगाडि हात हालाहाल भएको हो ।

प्रहरीले दुवै पक्षका बादी अगुवालाई मिलाउने प्रयास गरिरहेको समाचारमा जनाइएको छ । प्रदेश सरकार ले आगामी आर्थिक वर्षको लागि भन्दै बादी समुदायको नागरिकहरूको लागि ३ करोड रकम विनियोजन गरेको छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार